14/08/2026
तिमीलाई बिदाइका यी शब्दहरू लेख्दै गर्दा मनमा खुसी पनि छ, अनि कताकता छुट्टिनुपर्दाको दुःख पनि। ❤️
Chitwan Cake House सँग सहकार्य गर्दै केही समय हामीले सँगै काम गर्यौँ, धेरै राम्रा सम्झनाहरू बनायौँ। त्यो समय र तिम्रो साथ सधैँ सम्झनामा रहनेछ। अब तिमी आफ्नो सुन्दर भविष्यको खोजीमा नेपालभन्दा धेरै टाढा जाँदैछौ। दूरी जति नै टाढा भए पनि हाम्रो मित्रता र आत्मीयता कहिल्यै टाढा नहोस्। 🥺❤️
नयाँ ठाउँ, नयाँ यात्रा र नयाँ सपनाहरूले तिम्रो जीवनमा सफलता, खुशी र उज्यालो ल्याओस्। हरेक पाइला सफल बनोस्, हरेक सपना पूरा होस्। विदेश जाँदैछौ, तर आफ्नो मान्छे र आफ्नोपनलाई कहिल्यै नभुल्नु है।
तिम्रो नयाँ यात्राको लागि धेरै–धेरै शुभकामना। सुरक्षित यात्रा! ✈️❤️ Good luck for your beautiful future, साथी। तिमीलाई धेरै सम्झिनेछौँ। 🥹❤️