25/10/2024
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सरकारबीच विद्युत् महसुल बक्यौताको विषयमा तनाव उत्कर्षमा पुगेको छ। बक्यौताबारे सरकारसँग मतभिन्नता चलिरहेकै बेला केही उद्योगमा विद्युत् आपूर्ति बन्द गरिदिएपछि सरकारले घिसिङलाई कारबाही गर्ला कि नगर्ला भन्ने चासो व्यक्त हुन थालेको छ। ऊर्जामन्त्री दीपक खड्काले उद्योगहरूको लाइन तत्काल नकाट्न निर्देशन दिएका थिए। तर प्राधिकरणले उपलब्ध गराएको तीनमहिने समयसीमाअन्तर्गत महसुल नबुझाएका ३४ उद्योगमा बिहीवार राति लाइन काटिदिएको थियो। ऊर्जा मन्त्रालयले केही समयअघि उनीलाई विभिन्न बुँदामा विवरण उपलब्ध गराउन भनेको थियो। त्यसका लागि यसै साता घिसिङले थप समय माग गरेका थिए।
विभागीय मन्त्रीको अनिच्छामाझ ठूलो बक्यौता महसुल नबुझाएका ३४ उद्योगमा विद्युत् आपूर्ति काट्ने निर्णय गरेका कुल....