Taja News

Taja News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Taja News, Kathmandu, Nepal, Balkot.

बागमती स्वीट्ले पायो क्लिनचिटः पेस्ट कन्ट्रोलदेखि गुणस्तर जाँच गर्नका लागि छुट्टै कर्मचारीकाठमाडौँ । त्रिपुरेश्वरस्थित ब...
14/05/2026

बागमती स्वीट्ले पायो क्लिनचिटः पेस्ट कन्ट्रोलदेखि गुणस्तर जाँच गर्नका लागि छुट्टै कर्मचारी

काठमाडौँ । त्रिपुरेश्वरस्थित बागमती स्वीट्सले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘क्लिनचिट’ पाएको छ ।

कृषि तथा पशुपङ्छी बिकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका संयुक्त टोलिको स्थलगत अनुगमन तथा निरीक्षणमा बाग्मती स्वीट्सको खाद्य स्वच्छताको अवस्था सन्तोषजनक पाइएको र उत्पादन तथा बिक्रीवितरण गर्न लगाइएको रोक्का फुकुवा गरिएको बिभागद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।


बाग्मती स्वीट्सले हालै आन्तरिक संरचना सुधार, कर्मचारी व्यवस्थापन तथा उत्पादन प्रक्रिया थप ब्यबस्था गरेको जनाएको छ । त्यस्तै कारखानाको पेस्ट कन्ट्रोल लगायत सरसफाइमा विशेष ध्यान दिँदै सो कमका लागि मात्रै अपरेसन अवधीमा तीन जना कर्मचारी खटाएको उल्लेख गरेको छ ।

बाहिरी प्रदूषण नियन्त्रण गर्नका लागि अन्न भण्डारण गर्ने र भान्सालगायतको ठाउँमा कर्मचारीले बाहिरबाट लगाएर आएको जुत्ता–चप्पल लैजान निषेध गरिएको बागमतीले जनाएको छ । “कर्मचारीहरूले भित्र प्रयोगका लागि छुट्टै जुत्ता–चप्पल प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । साथै जुत्ता राख्नको लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ । यससँगै उत्पादन क्षेत्र, स्टोर र अन्य स्थानहरूमा रहेका फोहोर हटाएर सबै ठाउँमा रंगरोगन (पेन्टिङ) गरिएको छ”, बागमती स्वीट्सले भनेको छ ।

साथै तयार भएका सामानहरू राख्ने ‘सेफ’मा धुलो तथा अन्य प्रदूषण नहोस् भनेर जाली लगाइएको छ । साथै, भेन्टिलेसनका लागि पनि ठाउँ छुट्याएर भित्ता तथा सिलिङमा पनि मर्मत गरी सफा बनाइएको छ ।

बाग्मती स्वीट्सले कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्न छुट्टै कर्मचारी खटाएको छ । जसले कच्चा पदार्थको जाँच, स्टक व्यवस्थापन तथा म्याद सकिन लागेका र बिग्रेका सामग्री फिर्ता गर्ने काम गर्दछ । खराब वा सरकारको मापदण्डभन्दा तल्लो स्तरका सामग्री तुरुन्त फिर्ता गरिने व्यवस्था गरिएको छ ।

कर्मचारीहरूका लागि एप्रोन, टोपी, ग्लोभ्सलगायत अनिवार्य सुरक्षात्मक पोशाक प्रयोग गर्ने नियम लागू गरिएको जनाइएको छ । यसका साथै, कारखानामा नियमित रूपमा ‘पेस्ट कन्ट्रोल’ पनि गरिँदै आइएको उल्लेख गर्दै बागमती स्वट्सिले प्रत्येक दुई सातामा एकपटक विषादी नियन्त्रण टोली आउने व्यवस्था गरिएको जनाएको छ ।

10/05/2026
अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’को पहिलो गीत ‘वारी बर पारी पिपलु’ सार्व...
01/05/2026

अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’को पहिलो गीत ‘वारी बर पारी पिपलु’ सार्वजनिक गरिएको छ ।

20/04/2026

काजी ॥ जेठ ८ ॥ Kaji II Jestha 08
सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला यो कथा बैकुण्ठ गइजाला ....
ईमान्दारिताका साथ भनिएको एउटा प्रेमिल कथा , कजिनीको नजर बाट हेरिएको काजीको कथा,उकुस मुकुस भएका भावाना हरू पोखिएको कथा,कसैले बाँच्न चाहेको जीवन बोकेको कथा ।

नेपाली चालचित्र "काजी" को Preview रिलिज भैसकेको छ ।
19/04/2026

नेपाली चालचित्र "काजी" को Preview रिलिज भैसकेको छ ।

19 likes. "KAAJI - PREVIEW - NEW NEPALI MOVIE 2026 - BIPIN KARKI , KEKI ADHIKARI"

कैदीहरूलाई दिइने माफी रोकियो ? हजारौं कैदी निराश !देशभरका कारागारमा रहेका कैदीबन्दीहरू अहिले गम्भीर चिन्तामा छन् पहिले ग...
17/04/2026

कैदीहरूलाई दिइने माफी रोकियो ? हजारौं कैदी निराश !

देशभरका कारागारमा रहेका कैदीबन्दीहरू अहिले गम्भीर चिन्तामा छन्

पहिले गणतन्त्र दिवस, संविधान दिवस जस्ता महत्वपूर्ण अवसरमा
👉 ४०%–५०% कैद भुक्तान गरेका
👉 राम्रो चालचलन भएका
कैदीहरूलाई सजाय माफी वा कैद घटाउने सुविधा दिइन्थ्यो।
तर अहिले के भयो ❓
⚖️ सर्वोच्च अदालतका आदेशहरू आए
तर ❗ कार्यान्वयन भएन

👉 सम्बन्धित निकाय (सरकार, गृह मन्त्रालय, कारागार विभाग) बाट स्पष्ट निर्णय नआउँदा
कैदीहरूले पाउँदै आएको सुविधा रोकिएको अवस्था

📌 २०८० को संविधान दिवसपछि धेरै कैदीहरू यो सुविधाबाट वञ्चित भएका छन्

कैदीहरूको गुनासो👇
“कानुनले दिएको अधिकार पनि नपाउँदा हामी अन्यायमा परेका छौं”

अब सबैको ध्यान
👉 नेपाल सरकारको निर्णयतर्फ

👉 छिटो निर्णय नआए
कैदीहरूको निराशा अझै बढ्ने देखिन्छ

पाउजुको छम छम’ मा Nz Salu को हट अवतार, जस बहादुर याखा पनि मोडलिङमान्युजिल्यान्डमा बसोबास गर्दै आएकी मोडल Nz Salu पछिल्लो...
13/04/2026

पाउजुको छम छम’ मा Nz Salu को हट अवतार, जस बहादुर याखा पनि मोडलिङमा

न्युजिल्यान्डमा बसोबास गर्दै आएकी मोडल Nz Salu पछिल्लो समय ‘पाउजुको छम छम’ बोलको गीतमार्फत दर्शकमाझ प्रस्तुत भएकी छिन्। यस गीतमा उनले निर्देशक जस बहादुर याखासँगै अभिनय गरेकी छन्।

गीतमा गायक भिम बि.सि. र गायिका प्रेरणा सिंहको स्वर रहेको छ भने शब्द तथा संगीत हिरा काजी थापाले तयार पारेका हुन्।

‘पाउजुको छम छम’ मा Nz Salu र जस बहादुर याखालाई निकै हट अवतारमा देख्न सकिन्छ, जसले दर्शकको ध्यान आकर्षित गरेको छ।

मोडल Nz Salu ले विगतमा लामो समय कोरस डान्सरको रूपमा काम गरेकी थिइन्। बीचमा रोजगारीका सिलसिलामा न्युजिल्यान्ड पुगेकी उनी पुनः यही क्षेत्रमा सक्रिय हुन थालेकी हुन्। उनी भन्छिन्, “मैले विगतमा लामो समय यही क्षेत्रमा बिताएकी छु, अब मलाई चलचित्रमा अभिनय गर्ने ठूलो इच्छा छ।”

त्यस्तै, निर्देशकको रूपमा परिचित जस बहादुर याखा पनि यस गीतमार्फत मोडलको रूपमा देखिएका छन्, जुन दर्शकका लागि नयाँ अनुभव बन्न सक्छ।

12/04/2026

सुनिल थापाको तस्बिरलाइ ब्वास्ता गर्दै हिडे भुवन के सि

तैले गर्दा हो केही फरक… केही नयाँ… 🔥 Creative Hats YouTube 🎬मा आइसकेको छ कसले कसले हेर्नु भयो
10/04/2026

तैले गर्दा हो
केही फरक… केही नयाँ… 🔥
Creative Hats YouTube 🎬मा
आइसकेको छ कसले कसले हेर्नु भयो

Address

Kathmandu, Nepal
Balkot
44600

Telephone

+9779851001598

Website

Alerts

Be the first to know and let us send you an email when Taja News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taja News:

Share